जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था आइरहेको छ : मन्त्री भण्डारी
१९ पुष, २०८१, शुक्रवार
- शुक्रबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ साधारणसभामा बोल्दै उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर प्रश्न गर्दै जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने अवस्था देखिएको बताएका हुन् ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था रहेको बताएका छन् ।
शुक्रबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ साधारणसभामा बोल्दै उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर प्रश्न गर्दै जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने अवस्था देखिएको बताएका हुन् ।
उनले भने,‘हिजोको चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी छ । यो भन्दा निधार खुम्च्याउनुपर्ने अरु कुरा छैन । यो साँचो कुरा हो । जबसम्म व्यक्तिले लाभ उठाउँदैन् तबसम्म वित्तिय क्षेत्रमा पनि सुधार आउँदैन् । जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने र यसको समाधानका लागि नीतिगत कुराको सुधारमा सरकार लागिरहेको छ ।
मन्त्री भण्डारीले आजको दिनमा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको भन्दै बैंकहरूले लगानी गर्न किन सकिरहेका छैनन् भन्दै प्रश्न गरे ।
सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र रहेको पनि उनको आरोप छ ।
उनले भने,‘सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र छन् । हामी सम्भावनालाई छोड्दै गइरहेका छौं ।’
समस्या छन् तर समाधान कसले गर्ने ? ः उपाध्यक्ष श्रेष्ठ
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले राज्यले थाहा नपाएको र गर्न नसक्ने केही नभएपनि अहिले समस्या नै समस्या रहेको भन्दै समाधान चाँही कसले गर्ने हो भन्दै गरे ।
उनले भने,‘भनिन्छ राज्यले थाहा नपाएको र गर्न नसक्ने केही छैन् । तर अहिले समस्या नै समस्या छ । समाधान कसले गर्ने हो ? अहिले उद्योग व्यापारको विकास र कृषिको विकास बिना न देशको विकास सम्भव छ न त अर्थतन्त्रको विकास हुन्छ भनेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।